aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

शनिबार र आइतबार सार्वजनिक विदाको दिन पनि बैंक खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ चैत्र २०७७
शनिबार र आइतबार सार्वजनिक विदाको दिन पनि बैंक खुल्ने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले शनिबार लगायतका जुनसुकै सार्वजनिक विदा परेतापनि २५ गतेदेखि मसान्तसम्म राजस्व संकलन गर्ने काउन्टर खुल्ला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज बिहीबार एक सूचना जारी गरेर  राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका काउन्टर खोली राजस्व संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले २०७५ असार २६ मा इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई यो सूचना जारी गरेको हो । राष्ट्र बैंकले बैंकका क्लियरिङ सम्बन्धि कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड समेत पूर्ण रुपमा खुल्ला गर्न भनेको हो। यो महिनामा २८ गते शनिबार र २९ गते आइतबार घोडेजात्रको विदा परेको छ । 
 

प्रतिक्रिया दिनुहोस