
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कुल १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको चैत २६ गतेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड १९ लाख २१ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।
प्रतिक्रिया दिनुहोस