aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको खुद सम्पतिको मुल्य ११.२३ प्रति इकाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको खुद सम्पतिको मुल्य ११.२३ प्रति इकाई

सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको खुद सम्पतिको मुल्य जेठ महिनामा ११ दशमलव २३ प्रति इकाई रहेको छ । जबकी अघिल्लो महिना बैशाखको अवधि भन्दा शुन्य दशमलव ०७ प्रति इकाईले बढेको हो । गत चैत्र महिनामा ११ दशमलव १६ प्रति इकाई रहेको थियो ।

सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमले १५ करोड ५० लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा २६ करोड २५ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा ३ करोड २० लाख रुपैयाँ लगानी गरेको छ ।

सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको आम्दानी ११ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ भने खर्च २ करोड ११ लाख रुपैयाँ पुगको छ ।

सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी नेपाल बैंक लिमिटको १ लाख ११ हजार ६ सय ६५ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी पूर्णिमा विकास बैंकको ८ हजार २१ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी युनिर्भसल पावर कम्पनीको ६७ हजार ४ सय ८० कित्ता शेयर रहेको छ ।

त्यस्तै जीवन बीमा कम्पनीमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ हजार  कित्ता र लघुवित्तमा सबैभन्दा बढी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २५ हजार ५ सय ८४ कित्ता शेयर रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस