aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिद्धार्थ इक्वीटी फण्डको खुद सम्पतिको मुल्य ११.२७ प्रति इकाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
सिद्धार्थ इक्वीटी फण्डको खुद सम्पतिको मुल्य ११.२७ प्रति इकाई

काठमाडौं, सिद्धार्थ इक्वीटी फण्डको खुद सम्पतिको मुल्य जेठ महिनामा ११ दशमलव २७ प्रति इकाई रहेको छ । जबकी अघिल्लो महिना बैशाखको अवधि भन्दा शुन्य दशमलव ०६ प्रति इकाईले घटेको हो । गत चैत्र महिनामा ११ दशमलव ३३ प्रति इकाई रहेको थियो ।

सिद्धार्थ इक्वीटी फण्डले ८७ करोड ६० लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा ७७ करोड ५५ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा ५ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ ।

सिद्धार्थ इक्वीटी फण्डको आम्दानी १९ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ भने खर्च ३ करोड ५५ लाख रुपैयाँ पुगको छ ।

सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी नेपाल बैंक लिमिटको ४ लाख ३६ हजार २ सय ३२ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३६ हजार ८ सय ८२ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी युनिर्भसल पावर कम्पनीको ४४ हजार ९ सय ८७ कित्ता शेयर रहेको छ ।

त्यस्तै जीवन बीमा कम्पनीमा सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको २९ हजार  २ सय ५० कित्ता, निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्सको ३५ हजार २ सय ४३ कित्ता र लघुवित्तमा सबैभन्दा बढी आरएमडिसी लघुवित्त वित्तीय संस्थाको २२ हजार ८ सय ९९ कित्ता शेयर रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस