
काठमाडौं । एक सय ६१ वटा बैंक तथा वित्तिय संस्थाका इजाजत खारेज भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको आर्थिक तथा वित्तिय स्थितीमा यस्तो देखिएको हो ।
बैंकले जारी गरेको तथ्यांक अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ फागुनमा मसान्तसम्म कुल २१३ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १६१ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएका छन् ।
प्रतिक्रिया दिनुहोस