
काठमाडौं । बैशाख २७ गते अवैध रकम सहित काठमाडौंबाट मुम्बाइ जादै गरेकी भारतीय नागरिक बन्दना धनश्याम सोनीका विरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले १० करोड ७६ लाख ५६ हजार ९०८ रुपैयाँ विगो दावी सहित बुधबार मुद्दा दायर गरेको जनाएको छ ।
सोनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट १ लाख अमेरिकी डलर सहित पक्राउ परी छानविन अनुसन्धान गर्दा लक्ष्मी बैंक, सिभिल बैंक, र नेपाल एसविआई बैंकबाट घनश्याम सोनीले बन्दना पोटफोडे नामबाट खोलेका बैंक खाताबाट भएको कारोवार विवरण खुलेको विभागले जनाएको छ ।
बन्दना घनश्याम सोनी, राजेन्द्र कुमार श्रेष्ठ, राजन श्रेष्ठ, पुष्पराज सापकोटा, हरी प्रसाद सापकोटा, कुमार प्रसाद पन्त, राजेन्द्र श्रेष्ठ, कुमार थापा, आत्म प्रसाद खनाल समेतले गरेको बयान, नेपाल राष्ट्र बैक विदेशी विनिमय व्यवस्थापन विभागबाट प्राप्त मनिचेन्जरसँग सम्बन्धित विवरण, अम्बेश्वर ईन्जिनियरिङ हाईड्रोपावरबाट प्राप्त लेखा सम्बन्धि कागजात समेतबाट विदेशी विनिमयको अवैध सटही, ओसारपसार कारोवार र राजस्व चुहावट गरेको देखिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय नागरिक बन्दनाले अवैध रुपमा विदेशी रकम ओसार पसार गरेको आरोपमा काठमाण्डौ जिल्ला अदालतमा असास १० गते मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस