aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

संस्थापक शेयर विक्री गर्दै स्वावलम्बन लघुवित्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ चैत्र २०७७
संस्थापक शेयर विक्री गर्दै स्वावलम्बन लघुवित्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९० हजार ६५३ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी नबिल बैंकको नाममा रहेको उक्त शेयर विक्रीको लागि चैत ३१ गते ३५ दिने सुचना सार्वजनिक गरेको हो । 

यो शेयरको मूल्य प्रतिकित्ता रू. ८०३ तोकिएकाले कम्पनीको संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र रितपूर्वक निवेदन पेश गर्न आग्रह गरेको छ । कम्पनीको नियमावलीमा भएको व्यवस्था अनुसार उक्त शेयर खरिदका लागि विद्यमान संस्थापकहरुलाईनै पहिलो प्राथमिकता दिएको हो । तोकिएको मितिभित्र कम्पनीको केन्द्रिय कार्यालय धोबिधारा, काठमाडौंमा निवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस