
काठमाडौं । बजारमा तरलता सङ्कट देखिनँ थाले पनि बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर नबढ्ने भएको छ। धेरै बैंकले लगानीयोग्य पुँजीको अभाव महसुस गरिरहेका बेला सार्वजनिक गरेको नयाँ ब्याजदरमा समेत वृद्धि गरेका छैनन । नयाँ वर्ष अर्थात् वैशाख १ गतेबाट लागू हुने गरी धेरै जसो बैंकले ब्याज दर प्रकाशित गरेका छन् तर, उक्त ब्याजदरमा अधिकांशले पुरानै दरलाई निरन्तरता दिएका छन् । केही बैंकले भने ब्याजदर सार्वजनिक गर्न अझै बाँकी छ।
मङ्गलवार २० वाणिज्य बैंकले ब्याजदर प्रकाशित गरेका छन्। नेपाल बैंकर्स सङ्घका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालका अनुसार यो विषम परिस्थितिमा ब्याज बढायो भने आइरहेको ऋणको किस्ता पनि नआउने डर हुन्छ। उनले भने, ‘नेपालमा अधिकांश बैंकहरूमा व्यवसाय बढाउन प्रेसर छ। सँगसँगै ऋणीबाट ऋणका किस्ता पनि रोकिने पो हो कि भन्ने चिन्ता पनि छ ।’ उनका अनुसार यही चिन्ताले बैंकलाई ब्याजदर वृद्धि गर्नबाट रोकेको हो।
त्यसो त तरलता अभावले बैंकहरूलाई अप्ठ्यारो नपारेको भने होइन। चैत ३० गते मात्र अन्तर बैंक कारोबारमा समेत ४ प्रतिशत ब्याज पुगिसकेको अध्यक्ष दाहाल बताउँछन् । उनले भने, यो चैत मसान्तमा करिब ४० अर्ब रकम वित्तीय क्षेत्रबाट सरकारी ढुकुटीमा जान्छ। यसले पनि बैंकहरूमा तरलताको सङ्कट देखिने गरेको छ। जब सरकारले खर्च गर्छ अनि मात्र यो रकम फेरि बैंकिंङ प्रणालीमा आउँछ । ’
उनी भन्छिन्, 'महामारीको असर अब बल्ल देखिन थालेको छ। फेरि दोस्रो लहर सुरु होला जस्तो छ यो बेलामा निक्षेपमा ब्याज बढाएर वित्तीय क्षेत्रमा सङ्कट निम्त्याउन कसैले पनि चाहेनन् ।'
निक्षेपमा ब्याज बढाउनु भनेको ऋण लिन आउनेलाई पनि ब्याज बढाउनु हो त्यसैले यो महामारीका बिचमा तरलता अभाव छ भए पनि बैंकहरूलाई ब्याजदर वृद्धि गर्न सक्ने अवस्था नरहेको नेपाल बैंकर्स एसोसिएसनकी कार्यसमिति सदस्य तथा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन । उनी भन्छिन्, 'महामारीको असर अब बल्ल देखिन थालेको छ। फेरि दोस्रो लहर सुरु होला जस्तो छ यो बेलामा निक्षेपमा ब्याज बढाएर वित्तीय क्षेत्रमा सङ्कट निम्त्याउन कसैले पनि चाहेनन् ।' तरलता अभावले समस्या सिर्जना गरिसकेको र सो जुटाउन वैकल्पिक मार्गको खोजीमा बैंकहरू लागिसकेको बताउँदै उनले थपिन्, ' तरलता कमी सबैलाई भइरहेको देखिएको छ मेगा बैंकले ४० मिलियन डलर विदेशबाट ल्याएर भए पनि तरलताको अभाग पूर्ति गर्ने कोसिसमा लागेको छ ।'
नबिल बैंकले चैतमा २.५१ प्रतिशत दिँदै आएको बचतको ब्याज घटाएर १.५१ प्रतिशतमा झारेको छ । यसै आधारमा अधिकतम बचतको ब्याज ४.५१ प्रतिशतबाट ३.५१ प्रतिशतमा आएको छ। बचतको ब्याज घटेसँगै मुद्दती निक्षेपमा पनि त्यसको असर देखिएको छ। ७.५१ प्रतिशतको ब्याज ६.५१ प्रतिशतमा आएको छ ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाका अनुसार यो बेलामा बैङ्कहरूले बचतमा पनि ब्याजदर स्थिर राख्नु ठिकै हो। उनका अनुसार घटाउनु चाहिँ ठिक होइन ।
यो बेला बचतमा ब्याजदर स्थिर राख्न सफल माछापुच्छ्रे बैंकले बचतको ब्याज २ देखि ४ प्रतिशतलाई निरन्तरता दिएको छ । नेपाल बैंकर्स सङ्घका कार्यसमिति सदस्य तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाका अनुसार यो बेलामा बैङ्कहरूले बचतमा पनि ब्याजदर स्थिर राख्नु ठिकै हो। उनका अनुसार घटाउनु चाहिँ ठिक होइन । राष्ट्र बैंकले बैंकहरूलाई ‘कर्जा–पुँजी–निक्षेप’ अनुपात (सीसीडी रेसियो) ८५ प्रतिशत पुर्याए पनि हुने भनेकाले बैंकहरूले ब्याजदरको रेटबाट नाफा कमाउन खोजेका हुनसक्ने उनको अनुमान छ ।
सरकारी स्वामित्वको बैंक नेपाल बैंकले बचतमा २.५ देखि चार प्रतिशत ब्याजलाई निरन्तरता दिएको छ। मुद्दतीमा पनि बैङ्कले सात प्रतिशतलाई यथावत् राखेको छ । नेपाल बैंकर्स सङ्घका कार्यसमिति सदस्य तथा नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी भने बैंकमा तरलता अभाव नभएको बताउँछन् । उनले नेपाल बैंकमा हाल ‘कर्जा–पुँजी–निक्षेप’ अनुपात (सीसीडी रेसियो) ७५ प्रतिशत रहेको उनले दाबी गरे । उनले भने, ‘नेपाल बैंकमा तरलता अभाव छैन हामी बैंकको लगानीलाई ध्यानमा राखेर लगानी गर्ने भएकाले नेपाल बैंकमा प्राय तरलताको अभावको सामना धेरै गर्न परिरहेको छैन ।’
नेपाल इन्भेष्टमेन्ट बैंकले बचतको न्यूनतम ब्याज दर २ प्रतिशतलाई बढाएर २.२५ प्रतिशत पुर्याएको छ। अधिकतम ब्याज ४ प्रतिशत यथावत् राखेको छ । मुद्दती खातातिर ७ प्रतिशतको ब्याजलाई ७.२५ प्रतिशत पुर्याएको छ । सनराइज बैंकले २.५ देखि ४ प्रतिशतसम्मको ब्याज दरलाई घटाएको छ। बचतको ब्याज २ देखि ३.५ प्रतिशतमा झारेको छ। मुद्दती निक्षेपको ब्याज दर सात प्रतिशतलाई भने निरन्तरता दिएको छ।
त्यसैगरी, एनएमबि बैंकले बचतकै ब्याज दर घटाएको छ । बैंकले ३.१ देखि ५.१ प्रतिशतसम्म दिँदै आएको ब्याज दरलाई घटाएर २ देखि ४ प्रतिशत कायम गरेको छ । मुद्दतीको ब्याज दर अधिकतम ८ प्रतिशतबाट ७ प्रतिशतमा झारेको छ । उता प्रभु बैंकले पनि बचत र मुद्दतीको ब्याज दर यथावत् राखेको छ । मुद्दतीमा अधिकतम सात प्रतिशत र बचतमा २ देखि ४ प्रतिशत दिने छ ।
हिमालयन बैंकले समेत बचतको ब्याज २ देखि ४ प्रतिशत यथावत् राखेको छ। मुद्दतीको ब्याज पनि यथावत् छ । अधिकतम सात प्रतिशत दिने भएको छ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले पनि बचतको ब्याजलाई निरन्तरता दिएको छ। यो बैंकले बचतमा ३ देखि ५ प्रतिशतसम्म दिने छ। मुद्दतीको ब्याज ८ प्रतिशतलाई निरन्तरता दिएको छ ।
कुमारी बैंकले बचतको ब्याज बढाएको छ। न्यूनतम २ देखि ४ प्रतिशत दिँदै आएको बैंकले वैशाख १ गतेबाट लागू हुने गरी २.५३ देखि ४.५३ प्रतिशत दिने घोषणा गरेको छ । मुद्दती निक्षेपमा बैंकले अधिकतम ब्याज ७.२५ प्रतिशत पुर्याएको छ । यसअघि सात प्रतिशत मात्र थियो । सरकारी स्वामित्वको अर्को बैंक राष्ट्रिय वाणिज्य बैंकले बचतको ३ देखि ५ प्रतिशतको ब्याजलाई निरन्तरता दिएको छ। मुद्दतीमा बैंकले ७.२५ प्रतिशतलाई निरन्तरता दिएको छ ।
मेगा बैंकले बचतको ब्याज दर सबैभन्दा धेरै घटाएको छ। ३.५ देखि ५.५ प्रतिशतसम्म दिँदै आएको बैंकले नयाँ वर्षमा १.७५ देखि ३.५ प्रतिशत कायम गरेको छ। मुद्दतीमा ७.२५ प्रतिशतसम्म दिँदै आएको ब्याज ६.७५ प्रतिशतमा झारेको छ ।
एभरेष्ट बैंकले बचतको २ देखि ४ प्रतिशत ब्याजलाई नै कायम गरेको छ । प्राइम कमर्सियल बैंकले बचतको तल्लो ब्याज दर बढाएको छ । त्यस्तै, सेन्चुरी कमर्सियल बैंकले २.७५ देखि ४.७५ प्रतिशतको बचतको ब्याजलाई निरन्तरता दिएको छ । बैंक अफ काठमान्डुले २ देखि ३.५ प्रतिशतसम्म दिँदै आएको ब्याजलाई ३.१ देखि ४.६ प्रतिशत बनाएको छ । यो बैंकको मुद्दतीको ब्याज अधिकतम सात प्रतिशतबाट ७.६ प्रतिशत पुगेको छ ।
नेपाल एसबीआइ बैंकले बचतको सबै ब्याज दर ३ प्रतिशत कायम गरेको छ। यसअघि २ देखि ३ प्रतिशत दिँदै आएको थियो। मुद्दतीको ब्याज दर बढाएको छ। संस्थागत निक्षेपकर्ताले अधिकतम साढे ६ प्रतिशत पाउँदै आएकोमा अब ८ प्रतिशत पाउने छन्। सर्वसाधारणले सात प्रतिशत पाउँदै आएकोमा अबदेखि साढे सात प्रतिशत पाउने छन् ।
प्रतिक्रिया दिनुहोस