aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नेपाल बङ्गलादेश बैंकद्वारा १५ लाखको दुर्घटना बीमा भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ चैत्र २०७७
नेपाल बङ्गलादेश बैंकद्वारा १५ लाखको दुर्घटना बीमा भुक्तानी

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले कर्मचारी बचतखाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम १५ लाख रुपैयाँ भुक्तानी गरेको छ । स्व. भोज बहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई उक्त रकम भुक्तानी गरिएको हो । 

भोज बहादुर बस्नेतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको श्रमीक भई काम गर्दा नेपाल बंगलादेश बैंक, बाह«बिसे शाखामा खाता खोली कारोबार गर्दै आएका थिए । उक्त १५ लाख रुपैयाँको चेक नेपाल बंगलादेश बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले भोज बहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई एक समारोह बिच हस्तान्तरण गरेका थिए । 

यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि ठूलो राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने कुरा बैंकले जानकारी गराएको छ ।

हालसम्म  बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।  

प्रतिक्रिया दिनुहोस