aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १३ प्रतिशत बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ चैत्र २०७७
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १३ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १३ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । बैंकले उक्त बोनस शेयर वापतको ३९ लाख २१ हजार २४१ दशमलव ६६ कित्ता शेयर मंगलवार सूचीकृत गराएको हो । बिहीवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

 कम्पनीले गत पुस २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । कम्पनीले रू. ३ अर्ब १ करोड ६३ लाख ३९ हजारको आधारमा बोनस वितरण गरेको हो । बोनस पश्चात कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ४० करोड ८४ लाख ६४ हजार पुगेको छ । पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ती गरेको यस कम्पनीका शेयरधनीहरुले बोनस शेयरमा लाग्ने करमा भने छुट पाउँनेछन् ।

प्रतिक्रिया दिनुहोस