aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हिमालयन बैंक नयाँ शाखा सुकेधारामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
हिमालयन बैंक नयाँ शाखा सुकेधारामा

काठमाडौं । हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं सुकेधारमा ५९ औ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको समुद्धघाटन बैंक सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरेका थिए । सो अवसरमा अध्यक्ष श्रेष्ठले नेपालको आधुनिक बैंकिङ्ग क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दौ र विश्वसनीय भएको र यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले ग्राहकबर्गहरुलाई अत्याधुनिक बैंकिंग सेवा सुविधाका दिने बताए । 

अध्यक्ष  श्रेष्ठले समृद्धिका लागि साना तथा मझौला  उद्यम तथा व्यवसायको बृहत प्रवद्र्धन आवश्यक रहेको र त्यसका लागी हिमालयन बैंक उत्पादनशील क्षेत्रमा कृयाशिल त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै अगाडि बढ्ने बताए । उनले समग्र महानगरबासीको सबृद्धि यात्रामा हिमालयन बैंक सम्बन्धित निकायहरु संग सहकार्य गरेर अगाडी बढ्ने धारण व्यक्त गरे ।

उनले ग्राहकवर्गको बैंक प्रति गहिरो भरोसा रहेको चर्चा गर्दै नेपालमा स्वस्थ्य बैकिङ्ग प्रणालीको विकास र जनतालाई सुलभ तथा स्तरीय सेवा पु¥याउन हिमालयन बैंक कटिबद्ध रहेको बताए । 
 

प्रतिक्रिया दिनुहोस