aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माछापुच्छ्रे बैंकद्धारा विद्यालयलाई सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
माछापुच्छ्रे बैंकद्धारा विद्यालयलाई सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले श्री खण्ड माध्यमिक विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत मोरङ्ग जिल्लाकोे सुन्दरहरैचा वडा नं. ६ मा रहेको विद्यालयलाई सहगोग गरेको जनाएको छ । 

 तराईका जिल्लाहरुमा अत्याधिक गर्मीका कारण सरकारी विद्यालयहरुमा विद्याथीहरुको कम उपस्थिती देखिएने गरेकोले विद्यार्थीहरुको पढाईमा बाधा नपुगोस भन्ने उद्धेश्यले माछापुच्छ«े बैंक लिमिटेडले उक्त पङ्खाहरु प्रदान गरेको हो ।

बैंकको मोरङ्ग जिल्ला विराटचोकस्थित शाखा कार्यालय प्रमुख  रमेश अधिकारीले  उक्त श्री खण्ड माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  नारायण प्रसाद आचार्यलाई उक्त १० थान सिलिङ्ग पङ्खाहरु हस्तान्तरण गरेका थिए । 

 बैंकले लि.ले आफ्नो सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका बिभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवि प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तिय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।  

 बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११५ वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२७ स्थानवाट  सुबिधा प्रदान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस