
कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संचालनमा ल्याएको छ ।
“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको उक्त बैंकको मोवाईल बैंकिङ्ग सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङको क्युआर कोर्ड मार्फत चेकबुक र एटीएम कार्ड बिना नै पैसा निकाल्न सक्नेछ ।
प्रतिक्रिया दिनुहोस