
देवः विकास बैंक लि.को बा¥हौं वार्षिक साधारण सभाले विशेष प्रस्ताव पारित गर्दै वितरण गर्न योग्य नाफाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत अर्थात १३ करोड ९३ लाख ५२ हजार ४ सय १९ दशमलब १४ रुपयाँ बराबर बोनस शेयर बाँड्ने भएको छ ।
बिहीबार संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गको अध्यक्षतामा काठमाडौमा भएको हो । साथै साधारण सभाले बिशेष प्रस्ताव अन्तर्गत वेस्टर्न डेभलपमेण्ट बैंक लि.लाई प्राप्ति गर्न स्वीकृतीका लागि पेश गरिएको प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
उक्त सभामा सामान्य प्रस्ताव अन्तर्गत देवः विकास बैंक लि.को संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/७५ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वससम्मतिबाट पारित गरेको छ ।
साथै, आ.व. २०७५/७६ लेखापरिक्षण गर्न श्री एल.एस.पि. एशोसियटस् (प्रो. सि.ए. सतिस चन्द्र लाल तथा सि.ए. गोपाल कुमार श्रेष्ठ) लाई वाहृय लेखापरीक्षकमा नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस