aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एनआईसी एशियाका ग्राहकलाई नारायणी वयोधामा १० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
एनआईसी एशियाका ग्राहकलाई नारायणी वयोधामा १० प्रतिशत छुट

काठमाडौं । एन आई सी एशिया बैंक र नारायणी वयोधा हस्पिटल, वीरगञ्ज, पर्साबीच सेवा आदनप्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख  प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलको तर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा.  रजनिश भारतीले हस्ताक्षर गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस