aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गोर्खाज फाईनान्सको बुक क्लजको मिति तोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ बैशाख २०७८
गोर्खाज फाईनान्सको बुक क्लजको मिति तोकियो

काठमाडौं । गोर्खाज फाईनान्स लिमिटेडको २६ औं वार्षिक साधारण सभामा भाग लिनका लागि बैंशाख ५ गते आइतवारसम्म कायम शेयरधनीहरु मात्र योग्य भएका छन् । कम्पनीले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र सञ्चालक निर्वाचन सहितका विविध प्रस्ताव पारित गर्न वैशाख २१ गते सभा बोलाएको हो ।

 उक्त प्रयोजनका लागि कम्पनीले बैशाख ६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा अघिल्लो दिन बैशाख ५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । 

कम्पनीको चैत २६ गतेको सञ्चालक समितिको बैठकले अम्रपाली ब्याङ्केट, भाटभटेनी, काठमाडौंमा विहाख ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्दै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउँनेछ ।

 साथै, संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाछ तीन जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ । कोभिड जोखिमलाई ध्यानमा राखी कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । 

यस कम्पनीले आर्थिक वर्ष ०७१÷७२ मा ७ प्रतिशत बोनस शेयर वितरण गरेदेखि लाभांश वितरण गरेको छैन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा रू. ७४ करोड ३ लाख ६० हजार रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. १७ करोड ३ लाख ५५ हजार खुद नाफा गरेको छ । हाल यस कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७९ लाख ९३ हजार रहेको छ । प्रतिशेयर आम्दानी रू. ३९ दशमलव २५ रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १८५ दशमलव २१ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस