
काठमाडौं । हिमालयन बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्ज जानका लागि समझदारीपत्र (एमओयू) गर्ने भएको छ । हिमालयनको तर्फबाट एमओयूमा तयार गरि बोर्डमा छलफलका लागि तयारी अबस्थमा रहेको एक बोर्ड सदस्यले बताए । विहीबार सकेको हिमालयन बैंकको बोर्ड बैठकले मर्जका लागि तयार भएको डीडीए रिपोर्ट अनुमोदन गरेको एक सञ्चालक समितिले बताएका छन् । अब दुई बैंकका मर्जर कमिटिको संयुक्त बैंठक बसेपछि एमओयू गर्ने बताइएको छ ।
बैशाखभित्र नै मर्जको प्रक्रियालाई अन्तिम रुप दिनेगरि तयारी भइरहेको हिमालयन बैंकका अध्यक्ष तुलसीराम गौतमले बताए । उनले भने, 'मेरो स्वास्थ्यका कारण समय दिन नसकेको हो तत्र चैतभित्र नै एमओयू गर्ने गरि तयारी गरिएको थियो ।'
नेपाल इन्भेस्टमेन्ट र हिमालयनको चलअचल सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) एक अर्काले सम्पन्न गरेर बोर्डबाट पारित समेत गरिसकेका छन् । नेपाल इन्भेस्टमेन्टले दुई महिना पहिला नै डीडीए फाइनल गरेर बसेको बैंक सञ्चालक समितिका एक सदस्यले बताए । डीडीएमा जस्तो रिपोर्ट आएपनि दुबै बैंकले समान स्वाप अनुपात पाउन सक्ने सम्भावना रहेको ती सञ्चालक बताउँछन ।
चैत दोस्रो हप्ता नै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रियालाई अघि बढाउने तयारी अन्तिम चरणमा पुगेको थियो । दुबै बैंकको डीडीए तयार भइ्रसकेको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर पाँडेले जानकारी दिए । ‘दुबै बैंकको डीडीए सकिएको छ,’उनले भने ‘ 'हिमालयन बैंकको बोर्ड बस्न नसकेका कारणले केहि ढिलाइ भइरहेको हो । '
त्यसपछि सबै प्रक्रिया मिलाएर मर्जरमा जाने उनले बताए । बैंकहरूले मर्जरमा जाने तयारी गरेपनि बैंकको नाम र शेयर स्वाप रेसियो भने बोर्ड बैठक पछिमात्रै तय हुने उनले बताए । नयाँ बन्ने बैंकको नामले दुबै बैंकको नामको पहिचान कायम राख्ने छ । मर्जरपछि बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक रहन सक्ने इन्भेष्टमेन्ट बैंकका अर्का सञ्चालकले दावी गरे ।
‘दुबै बैंकको डीडीए रिपोर्ट आइसकेकाले बोर्ड बैठकपछि व्यवस्थापनको संरचनाबारे सहमति हुनेछ । दुई बैंक मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा बन्न सक्ने छन् भने बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडे बन्न सक्ने अनुमान गरिएको छ ।
मर्जरपछि बैंकको चुक्ता पुँजी २५ अर्ब रुपैयाँ हुनेछ भने जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी पुग्नेछ । यी दुई बैंंक मर्जरमा गएपछि नेपालकै सबैभन्दा ठूलो बैंक बन्नेछ ।
प्रतिक्रिया दिनुहोस