
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले विहीबार राजधानीमा बैंकरहरुलाई निम्ता नै गरेर आउँदो २७ गतेभित्र आफूले मर्ज गर्न चाहेको बैंक तथा वित्तीय संस्था छनौट गरिसक्न अप्रत्यक्ष दवाव दिएको छ । गभर्नर डा। चिरञ्जीवि नेपालले वाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसँगको छलफलमा गाभिनैपर्ने गरी निर्देशन दिएका हुन ।
गभर्नर नेपालले २७ गते मौद्रिक नीति आउनुभन्दा अगाडि नै मर्जरका लागि साथी खोज्न बैंकलाई निर्देशन दिएका राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।
गभर्नर नेपालको राष्ट्र बैंकमा जति जति समय छोटिदै छ त्यति नै कडा रुपमा प्रस्तुत हुँदै गएका छन् विहीबारको छलफल कार्यक्रममा कडा रुपमा प्रस्तुत भएका थिए ।
बैंक तथा वित्तीय संस्थाको संख्या घटाएर १५ वटामा ल्याउने तयारीमा केन्द्रीय बैंक लागि परेको छ । राष्ट्र बैंकका अनुसार आगामी वर्षको मौद्रिक नीतिमा फोर्सफुल मर्जर र बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका विषयमा थप कडाइका साथ प्रस्तुत हुने बुझिएको छ । गभर्नर डा। नेपालले मर्जर नीति बजेटमा नै आएकाले लबिङका लागि कतै पनि नजान सचेत समेत गराए ।
बैंकहरुको मर्जर आवाश्यक रहेको तर राष्ट्र बैंकले भनेजस्तो तत्कालै मर्जको पार्टनर खोज्न सम्भव नरहेकोले त्यसको लागि केही समय चाहिने कार्यक्रममा सहभागी बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारीहरुको भनाइ राखेका थिए। छलफलमा बैंकका अध्यक्षहरुका तर्फबाट नेपाल बैंक, कृषि विकास बैंक, नविल बैंक, मेगा बैंक, हिमालयन बैंक र सिद्दार्थ बैंकका अध्यक्ष सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस