aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सिभिल बैंकका सिईओले राजीनामा दिए, अब विदेशी बैंकको सिईओ बन्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ बैशाख २०७८
सिभिल बैंकका सिईओले राजीनामा दिए, अब विदेशी बैंकको सिईओ बन्ने

काठमाडौं । समय अवधि तीन महिना बाँकी छदै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले राजीनामा दिएका छन् । बैंक स्रोतका अनुसार बैंशाख १७ गतेदेखि लागू हुनेगरि बुझाएको राजीनामा बैंकको केहि दिनभित्र नै बस्ने सञ्चालक समितिले स्वीकृत गर्ने छ । 

४ वर्षका लागि नियुक्त भएका गुरुङले विदेशको बैंकमा काम गर्ने अवसर पाउनु भएकाले राजीनामा दिनुभएको सुनिएको स्रोतले बतायो । स्रोतका अनुसार म्यानमारको कुनै बैंकको प्रमुख कार्यकारी अधिकृत भएर जाने समेत बताएको छ ।  गुरुङले नेपालमा हिमालयन, ग्लोवल र मेगा बैंकमा काम गर्दै सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । 

प्रतिक्रिया दिनुहोस