
काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा डा. मदन घिमिरे नियुक्त भएका छन् । कम्पनीको बैशाख २ गतेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरी घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
घिमिरेको कार्यकाल आगामी चारवर्षसम्म रहनेछ । साविकको घरेलु लघुवित्त र समता लघुवित्त मर्जर प्रकृया सम्पन्न गरी बैशाख २ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । मर्जर पश्चात गठित सञ्चालक समितिको बैठकले साविक समता लघुवित्तका प्रमुख कार्यकारी अधिकृत घिमिरेलाईनै मर्जरपश्चात बनेको समता लघुवित्तको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको नेप्सेमा जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस