aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ बैशाख २०७८
पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत टे«जरी बिल विक्री गर्न लागेको जनाएको छ । 

सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ ।

यस्तै रु पाँच अर्ब बराबरको टे«जरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते रु २० अर्ब २५ करोड बराबरको टे«जरी बिल विक्री गरेको थियो । 

प्रतिक्रिया दिनुहोस