aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

पाँच अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ बैशाख २०७८
पाँच अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (सोमबार) पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको हो । 

बैंक जारी गरेको सूचना अनुसार पाँच अर्बको ट्रेजरी बिल जम्मा एक सय ८२ दिनका लागि बिक्री गरिने छ । यो बिल आउँदो कात्तिक २ गते परिपक्व हुनेछ । त्यस्तै, झण्डै २० करोडको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । यो बिल आउँदो साउन ५ गते परिपक्व हुनेछ । 

प्रतिक्रिया दिनुहोस