aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सिभिल बैंकको नेतृत्वमा फेरबदल, कामू सीईओमा पोखरेल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ बैशाख २०७८
सिभिल बैंकको नेतृत्वमा फेरबदल, कामू सीईओमा पोखरेल नियुक्त

काठमाडौं । सिभिल बैंक लिमिटेडको नेतृत्वमा फेरबदल भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका गोविन्द गुरुङले पदबाट राजीनामा दिएका थिए । उक्त राजीनामा मिति आइतबार बसेको संचालक समितिको बैठकबाट मिति बैशाख १८ गतेदेखि लागु हुने गरी स्वीकृत भएको छ । 

साथै उक्त बैठकबाट  बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । पोखरेलले लामो समयसम्म वर्माको युएमबी बैंक र एजी बैंक लगायतमा काम गरेको अनुभव रहेको छ । 

सिभिल बैंकमा बि.सं.२०६९ असोज २१ मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गोविन्द गुरुङले बि.सं. २०७४ बैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र बि.सं. २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका हुन् ।

बैंकले चेन्ज म्यानेजमेन्ट मार्फत संस्थागत संस्कार, कार्यगत संस्कार, कर्जाको गुणस्तर, संस्थागत संरचनामा व्यापक सुधार गरी हालैको वर्षहरुमा व्यवसायको आयतनमा व्यापक वृद्धि गरेको हो । 

उनले प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दा बैंकको निक्षेप ३३ अर्व ८१ करोड रुपैयाँ, कर्जा ३१ अर्व १९ करोड रुपैयाँ, निष्कृय कर्जा अनुपात ४.६६ प्रतिशत, शाखा संख्या ५१ थियो र हाल बैंकको निक्षेप ८७ अर्व ८९ करोड रुपैयाँ, कर्जा ८१ अर्व ४४ करोड रुपैयाँ, निष्कृय कर्जा अनुपात १.७० प्रतिशत तथा शाखा संख्या ११४ पुगेको छ । वहाँको कार्यकालमै यूनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स मर्जर भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस