aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सिटिजन्स बैंकको नाफा ४१.६१ प्रतिशत बढ्यो, वितरण योग्य नाफा कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ बैशाख २०७८
सिटिजन्स बैंकको नाफा ४१.६१ प्रतिशत बढ्यो, वितरण योग्य नाफा कति ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष खुद नाफा ४१ दशमलव ६१ प्रतिशत बढी भएको छ । 

गत वर्ष१ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ५४ करोड ५३ लाख ४० हजार रुपैयाँ यो नाफा गरेको हो । तेस्रो त्रैमाससम्म बैंकको शेयरधनीहरुका लागि लाभांशको रुपमा वितरण गर्न सकिने वितरणयोग्य नाफा भने १ अर्ब ३४ करोड ६२ लाख ३० हजार रुपैयाँ रहेको छ । यस त्रैमाससम्म बैंकले रेगुलेटरी रिजर्भमा ३ करोड १४ लाख ६८ हजार रुपैयाँ छुट्याएको छ । 

बैंकको गत वर्षभन्दा यस वर्ष सञ्चालन नाफा २९ दशमलव ३८ प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब ५२ करोड ३१ लाख ४७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ९७ करोड ७ लाख २ हजार रुपैयाँ यो नाफा गरेको हो । खुद ब्याज आम्दानी पनि गत वर्षभन्दा यो वर्ष ४३ दशमलव ६८ प्रतिशत बढी भएको छ । गत वर्ष २ अर्ब २४ करोड ४८ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी भएकोमा यस वर्ष २ अर्ब ५४ करोड ८ लाख २० हजार रुपैयाँ यो आम्दानी भएको छ ।

हाल बैंकको चुक्तापूँजी ११ अर्ब ६६ करोड २० लाख ४० हजार रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ४ अर्ब ९ करोड १० लाख ९४ हजार रुपैयाँ छ । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष २० दशमलव ५८ प्रतिशत बढी कायम भएको हो । 

गत वर्षभन्दा यस वर्ष बैंकले ४३ दशमलव ६८ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने ३७ दशमलव ९२ प्रतिशत कर्जाृ प्रवाह गरेको छ । गत वर्ष ८८ अर्ब ४९ करोड ६२ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन भएकोमा यस वर्ष १ खर्ब २७ अर्ब १४ करोड ८७ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ । गत वर्ष ७८ अर्ब ९७ करोड ६३ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले यस वर्ष १ खर्ब ८ अर्ब ९२ करोड २२ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

यस वर्ष बैंकको निष्क्रिय कर्जा अनुपात भने गत वर्षभन्दा बढी कायम भएको छ । गत वर्ष शून्य दशमलव ९७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ८३ प्रतिशत पुगेको हो । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २० दशमलव ७२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४६ दशमलव ८७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस