
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महालक्ष्मी विकास बैंकले ४० करोड ३६ लाख ५ हजार रुपैयाँ खुद नाफा गरेको छ । मंगलवार बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष १ दशमलव ५७ प्रतिशत बढी खुद नाफा भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले ३९ करोड ७३ लाख ६४ हजार रुपैयाँ यो नाफा गरेको थियो । तेस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा भने २५ करोड ७६ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
सञ्चालन नाफा यो वर्ष शून्य दशमलव ६४ प्रतिशत घटेको छ । गत वर्ष ५६ करोड ३८ लाख ७७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष ५६ करोड २ लाख ४२ हजार रुपैयाँ यो नाफा गरेको हो । खुद ब्याज आम्दानी पनि यस वर्ष १ दशमलव ३८ प्रतिशत कम भएको छ । गत वर्ष १ अर्ब १९ करोड ८९ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी भएकोमा यस वर्ष १ अर्ब १६ करोड ७२ लाख ९९ हजार रुपैयाँ मात्र यो आम्दानी भएको हो ।
८ दशमलव ८ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि भई ३ अर्ब ३४ करोड २४ लाख २ हजार रुपैयाँ पुगेको छ । गत वर्षभन्दा १० दशमलव २२ प्रतिशत बढेर जगेडा कोष रकम पनि १ अर्ब ५७ करोड ३३ लाख ८४ हजार रुपैयाँ कायम भएको छ ।
गत वर्षभन्दा यस वर्ष बैंकको निक्षेप संकलन १ दशमलव ३८ प्रतिशत र कर्जा प्रवाहमा १ दशमलव १४ प्रतिशत कमि आएको छ । गत वर्ष ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले यस वर्ष ३६ अर्ब ४६ करोड ७७ लाख ५८ हजार रुपैयाँ मात्र निक्षेप संकलन गरेको छ ।
त्यस्तै गत वर्ष २९ अर्ब ४३ करोड ८१ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले यस वर्ष २९ अर्ब १० करोड १९ लाख ३८ हजार रुपैयाँ मात्र प्रवाह गरेको छ । गत वर्ष ३ दशमलव ७८ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात यो वर्ष ४ दशमलव ४४ प्रतिशत पुगेको छ । वार्षिक १६ दशमलव १० रुपैयाँ प्रतिशेयर आम्दानी रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५४ दशमलव ९०रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस