aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

गरिमा विकास बैंकको वितरणयोग्य नाफा ४९ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ बैशाख २०७८
गरिमा विकास बैंकको वितरणयोग्य नाफा ४९ करोडभन्दा बढी

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गरिमा विकास बैंक लिमिटेडले रू. ६७ करोड ८२ लाख ७६ हजार खुद नाफा गरेको छ । मंगलवार बैंकले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ३६ दशमलव ६३ प्रतिशत बढी भएको छ । गत वर्ष यो अवधिसम्म बैंकको खुद नाफा रू. ४९ करोड ६४ लाख १९ हजार थियो ।

यस वर्ष सञ्चालन नाफा समेत ३९ दशमलव ९७ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ७० करोड ७४ लाख ११ हजार सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. ९६ करोड ८९ लाख २१ हजार यो नाफा गरेको हो । तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा रू. ४९ करोड २ लाख ९८ हजार रहेको छ । बैंकले यस अवधिसम्म रेगुलेटरी रिजर्भमा रू. ४ करोड ५५ लाख ३९ हजार छुट्याएको छ ।

१३ दशमलव ५० प्रतिशतले बृद्धि भएर बैंकको चुक्तापूँजी रू. ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । जगेडा कोष रकम पनि गत वर्षभन्दा ४५ दशमलव ९२ प्रतिशत बढेर रू. ९३ करोड २ लाख ७७ हजार पुगेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको निक्षेप संकलन ३९ दशमलव ५३ प्रतिशत र कर्जा प्रवाह ४४ दशमलव २८ प्रतिशत बढी भएको छ ।

 यस वर्ष बैंकले रू. ५९ अर्ब २० करोड ५४ लाख ३८ हजार निक्षेप संकलन गरेको हो भने रू. ५० अर्ब २९ करोड ७० लाख ८२ हजार कर्जा प्रवाह गरेको हो । गत वर्ष शून्य दशमलव २४ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यो वर्ष शुन्य दशमलव ५८ प्रतिशत कायम भएको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी रू. २४ दशमलव ६० र प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ९२ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस