
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौध वर्ष पूरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । ५६ करोड रुपैयाँ चुक्ता पूँजीबाट स्थापना भएको यस बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
बैंकले यस अवधिमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ । त्यसैगरी पछिल्लो समयमा सृजना फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ ।
बैंक स्थापना भएको वर्ष समाप्तीमा १ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा आर्थिक वर्ष २०७७÷७८ को चैत्रमसान्तसम्म आईपुग्दा बैंकको कुल निक्षेप करिव १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने करिव १ खर्ब १४ अर्बरुपैयाँ कर्जा प्रवाह गरेको छ ।
पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि भएको छ । बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर १ अर्ब भन्दा माथि रहँदै आएको छ । गत आर्थिक वर्षमा मात्र एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिव १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ ।
स्थापनाको पहिलो वर्ष ९ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएकोमा हाल यस बैंकलेसातै प्रदेशमा फैलिएका आफ्ना १६७ वटा शाखाहरुबाट करिव १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैयमाससम्ममा थप ७४ वटा शाखाहरू विस्तार गरिसकेको छ ।
बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न बैंकले स्थापना कालदेखिनै पहल कदमी गरिसकेको थियो । ।२०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखाखोलिनु यसका केहि उदाहरणहरु हुन ।वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धन तथा संघीयतालाई दह्रो र सहज बनाउन सरकारले अवलम्बन गरेको सबै नेपालीको बैंक खाता भन्ने नीतिलाई आत्मसाथ गर्दै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा पनि शाखाहरू विस्तार गर्दै आएको छ ।
स्थापना कालदेखिनै कर्मचारीलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको यस बैंकको थालनि हुँदा ४४ जना कर्मचारी रहेकोमा हाल यस बैंकसँग १ हजार ६ सय जना कर्मचारी आबद्घ छन् । यसै सिलसिलामा बैंकमा निरन्तर दुई कार्यकाल पुरा गरी सञ्चालक समितिमा योगदान पु¥याउनु भएका सञ्चालकज्यू तथा बैंकमा निरन्तर १० वर्ष कार्यरत पदाधिकारी एवं कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिऐको छ ।“भित्र सिस्टम र बाहिर इमेज” को नारालाई अंगिकार गरेको यस बैंकमा आउने सेवाग्राहीलाई पहिला नमस्तेका साथ अभिनन्दन गर्दै सेवा प्रवाह गर्ने प्रचलन रहेको छ ।
बैंकले १११ वटा स्थानबाट एटिएम सेवा प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।
यस चौध वर्षको अवधिमा ३४४,१८३ ग्राहकमहानुभावहरुले मोबाईल बैंकिङ्ग सेवाको उपयोग गर्दै हुनुहुन्छ । सिटिजन्स बैंकको ई बैंकिङ्गको प्रयोगकर्ता २३,६६० पुगेको छ भने सिटिजन्स डेबिट तथा क्रेडिट कार्डधारकको सङ्ख्या १७९,७४० रहेको छ ।
बैंकका डेबिट, क्रेडिट ÷ प्रिभिलेज कार्डवाहक महानूभावहरुले विभिन्न प्रकारको सेवा सुबिधा लिंदा विशेष छुटको प्रबन्ध मिलाईएको छ जसका निम्ति बैंकले हालसम्म १३७ वटा विभिन्न क्षेत्रका सेवा प्रदायकहरु सँग विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नेपालका विभिन्न सेवा प्रदायकहरु सँग सहकार्य गर्दै आएको यस बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहक महानूभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
खुद्रा लेनदेन र किनमेललाई सहज,सरल र झन्झटरहित बनाउनका खातिर यस बैंकले बैंकले विभिन्न तरकारी बजार, फलफूल बजार, ससाना किराना पसलहरु, पान पसल, पेट्रोल पम्प आदि जस्ता स्थानहरुमा ५,३१९ वटा क्युआर कोड तथा ४४० वटा पोएस मेसिन वितरण गरेर खुद्रा लेनदेनलाई सहज बनाउन एक परिष्कृत कार्ययोजनाका साथ द्रुत गतिमा कार्य गर्दै आई रहेको छ । आगामी दिनमा डिजिटल सेवाको विकाशमा बैंक अझै आक्रामक रूपमा प्रस्तुत हुने कुरा बैंकले जनाएको छ ।
बैंकले यस वर्ष विभिन्न जनचेतनामुलक तथा जानकारीमुलक श्रब्य दृश्य सामाग्री पनि सार्वजनिक गरेको थियो । यसै सिलसिलामा आज बैंकले क्युआर कोडको बारेमा जागरण फैलाउने उद्देश्यका साथ एक श्रब्य दृश्य सामाग्री सार्वजनिक गरेको छ । खुद्रा लेनदेन तथा दैनिक कारोबार गर्न क्युआर कोडको महत्ता समेटेर तयार गरिएको यस श्रब्य दृश्य सामाग्रीले आमजनलाई बैंकिंग सेवासँग चिरपरिचित गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।
व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताका लागि विभिन्न कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ ।
पाँच संस्थागत मूल्य र मान्यता — सेवाग्राही केन्द्रीत, सेवामा उत्कृष्टता, इमान्दारीता, मिजासिला र सहयोगी जनशक्ती, जवाफदेहीता र पारदर्शीता सहितको संस्थागत सुशासनका साथै देश विकासका लागि सामाजिक अभियानहरु सञ्चालन गर्ने प्रतिबद्धता सहित स्थापित यस बैंकले चौध वर्षको समयमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस