aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

मञ्जुश्री फाइनान्सको खुद नाफा यो वर्ष करिब २ गुणाले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ बैशाख २०७८
मञ्जुश्री फाइनान्सको खुद नाफा यो वर्ष करिब २ गुणाले बढ्यो

काठमाडौं ।  मञ्जुश्री फाइनान्स लिमिटेडले बुधवार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीले रू. ३७ करोड ५१ लाख ६६ हजार खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा यो वर्ष १.९४ गुणा बढी हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १९ करोड ३२ लाख २८ हजार खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको खुद ब्याज आम्दानीमा कमि आएपछि फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन आम्दानी बढेका कारण सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी १.५८ प्रतिशत घटेको छ । 

गत वर्ष रू. २९ करोड ११ लाख ५६ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २८ करोड ६५ लाख ६१ हजार मात्र यो आम्दानी गरेको छ । फि तथा कमिसन आम्दानी भने गत वर्ष रू. २ करोड ६२ लाख ४८ हजार भएकोमा यस वर्ष रू. ३ करोड ६९ लाख ६३ हजार भएको छ ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन नाफा १०४ दशमलव ४७ प्रतिशत बढी भएको छ । गत वर्ष रू. २६ करोड ३६ लाख ५० हजार सञ्चाल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ५३ करोड ९० लाख ९८ हजार यो आम्दानी गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस