aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

प्रभु बैंकको नयाँ शाखा नुवाकोटको महादेवफाँटमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ बैशाख २०७८
प्रभु बैंकको नयाँ शाखा नुवाकोटको महादेवफाँटमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो नयाँ शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका वडा नं. ०७ स्थित महादेवफाँटमा आप्mनो २१४ औं शाखा खोली सञ्चालनमा ल्याएको हो । 

बैंकको महादेवफाँट शाखा कार्यालयको समुद्घाटन प्रमुख अतिथी वाग्मति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डले बुधबार गरेका हुन् । 

बैंकको महादेवफाँट शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने बैंकले जनाएको छ । उक्त ठाउँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । 
 

प्रतिक्रिया दिनुहोस