
काठमाडौं। एनआईबिएल समृद्धि फण्ड १ को खुद सम्पतिको मुल्य जेठ महिनामा १० दशमलव ७५ प्रति इकाई रहेको छ । जबकी अघिल्लो महिना बैशाखको अवधि भन्दा शुन्य दशमलव २५ प्रति इकाईले घटेको हो । गत चैत्र महिनामा ११ प्रति इकाई रहेको थियो ।
एनआईबिएल समृद्धि फण्ड १ ले ७४ करोड ४४ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा ७६ करोड २१ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा ५ करोड रुपैयाँ लगानी गरेको छ ।
एनआईबिएल समृद्धि फण्ड १ को आम्दानी ९ करोड ६ लाख रुपैयाँ आर्जन गरेको छ भने खर्च २ करोड ४८ लाख रुपैयाँ पुगको छ ।
सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी प्रभु बैंक लिमिटको १ लाख २ हजार ९ सय ९९ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको ४२ हजार ६ सय ३० कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको ५८ हजार १ सय ९० कित्ता शेयर रहेको छ ।
त्यस्तै जीवन बीमा कम्पनीमा सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ६९ हजार ७ सय १७ कित्ता, निर्जीवन बीमा कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्सको २५ हजार ८ सय ७८ कित्ता र लघुवित्तमा सबैभन्दा बढी साना किसान विकास बैंकको ३४ हजार २ सय १४ कित्ता शेयर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस