
काठमाडौं । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ को खुद सम्पतिको मुल्य जेठ महिनामा ११ दशमलव ९२ प्रति इकाई रहेको छ । जबकी अघिल्लो महिना बैशाखको अवधि भन्दा शुन्य दशमलव १६ प्रति इकाईले घटेको हो । गत बैशाख महिनामा १२ दशमलव ०८ प्रति इकाई रहेको थियो ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले २८ करोड ५२ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा ४४ करोड ४० लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा १७ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ को आम्दानी ८ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ भने खर्च १ करोड ९७ लाख रुपैयाँ पुगको छ ।
सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी सिटिजन्स बैंक लिमिटको ३५ हजार ९ सय ४८ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी गरिमा विकास बैंकको २४ हजार ४ सय ७० कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको ९ हजार ४ सय ८८ कित्ता शेयर रहेको छ ।
त्यस्तै जीवन बीमा कम्पनीमा सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १५ हजार ७ सय २६ कित्ता, निर्जीवन बीमा कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्सको १८ हजार २ सय १९ कित्ता र लघुवित्तमा सबैभन्दा बढी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १५ हजार १ सय ५९ कित्ता शेयर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस