
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (National Microfinance Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ९ करोड २७ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५४ दशमलव २८ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ६ करोड रुपैयाँ कमाएको थियो ।
१५ करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी भएको नेशनलले जगेडाकोषमा २० करोड २२ लाख रुपैयाँ छुटाएको छ ।
नेशनल माइक्रोफाइनान्सको निक्षेपमा १ अर्ब १२ करोड १७ लाख रुपैयाँ संकलन गरी कर्जामा ३ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ । जसले कर्जामा ५६ दशमलव २८ प्रतिशतले वृद्धि गरेको छ ।
जसको खुद व्याज आम्दानीमा ५१ दशमलव २३ प्रतिशतले बढेर १८ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ५४ दशमलव २५ प्रतिशतले बढेर १४ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
नेशनल माइक्रोफाइनान्सको निष्कृय कर्जा १ दशमलव ५७ प्रतिशत, जोखिम युक्त सम्पत्ति, प्रतिशेयर आम्दानी वार्षिक ८१ दशमलव ९४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २० दशमलव ३० गुणा र प्रतिशेयर नेटवर्थ २३४ दशमलव ०३ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस