aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एनएमबि हाईब्रिड फण्ड एल १ को खुद सम्पतिको मुल्य ११.०१ प्रति इकाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
एनएमबि हाईब्रिड फण्ड एल १ को खुद सम्पतिको मुल्य ११.०१ प्रति इकाई

काठमाडौं । एनएमबि हाईब्रिड फण्ड एल १ को खुद सम्पतिको मुल्य जेठ महिनामा ११ दशमलव ०१ प्रति इकाई रहेको छ । जबकी अघिल्लो महिना बैशाखको अवधि भन्दा शुन्य दशमलव ०८ प्रति इकाईले घटेको हो । गत बैशाख महिनामा ११ दशमलव ०९ प्रति इकाई रहेको थियो ।

एनएमबि हाईब्रिड फण्ड एल १ ले २५ करोड ९८ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा २८ करोड ८७ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा ८ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।

एनएमबि हाईब्रिड फण्ड एल १ को आम्दानी ९ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ भने खर्च १ करोड ९९ लाख रुपैयाँ पुगको छ ।

सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटको संस्थापकको ४३ हजार ८ सय २१ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी एक्सेल डेभलपमेन्ट बैंकको २१ हजार ९ सय ४ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी य्निभर्सल पावर कम्पनीको ६४ हजार २ सय ५६ कित्ता शेयर रहेको छ ।

त्यस्तै जीवन बीमा कम्पनीमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १० हजार ८ सय १५ कित्ता, निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्सको १५ हजार १ सय ७० कित्ता र लघुवित्तमा सबैभन्दा बढी साना किसान विकास बैंकको १२ हजार ४ सय ४० कित्ता शेयर रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस