aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एनआईसी एशिया ग्रोथ फण्डको खुद सम्पतिको मुल्य ११.१५ प्रति इकाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
एनआईसी एशिया ग्रोथ फण्डको खुद सम्पतिको मुल्य ११.१५ प्रति इकाई

काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्डको खुद सम्पतिको मुल्य जेठ महिनामा ११ दशमलव १५ प्रति इकाई रहेको छ । जबकी अघिल्लो  महिना बैशाखको अवधि भन्दा शुन्य दशमलव २ प्रति इकाईले घटेको हो । गत बैशाख महिनामा ११ दशमलव ३५ प्रति इकाई रहेको थियो ।

एनआईसी एशिया ग्रोथ फण्डले ५२ करोड ३७ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा ५५ करोड ३९ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा २ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ ।

एनआईसी एशिया ग्रोथ फण्डको आम्दानी १० करोड १० लाख रुपैयाँ आर्जन गरेको छ भने खर्च १ करोड ९३ लाख रुपैयाँ पुगको छ ।

सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी नेपाल बैंक लिमिटको संस्थापकको ७२ हजार २ सय कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी कामना सेवा विकास बैंकको ६९ हजार ७ सय ७६ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी आँखुखोला जलविद्युत कम्पनीको ३४ हजार ३ सय ४० कित्ता शेयर रहेको छ ।

त्यस्तै जीवन बीमा कम्पनीमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २२ हजार ४ सय १ कित्ता, निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्सको २१ हजार १ सय ३० कित्ता र लघुवित्तमा सबैभन्दा बढी साना किसान विकास बैंकको १४ हजार ८ सय ८१ कित्ता शेयर रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस