aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

​समता लघुवित्तको नाफामा ९५.०३ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ बैशाख २०७८
​समता लघुवित्तको नाफामा ९५.०३ प्रतिशत बढ्यो

काठमाडौं । समता लघुवित्त संस्थाको तेस्रो त्रैमाससम्ममा नाफा बढाएको छ । शनिबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा समाताले ६ करोड ६० लाख खुद नाफा कमाएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५.०३ प्रतिशत बढी हो।

 लघुवित्तको खुद ब्याज आम्दानी ६१.३० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९५.०३ प्रतिशत बढेको छ। खुद नाफासँगै लघुवित्तको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७६ पैसा रहेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७.२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७६ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस