
काठमाडौं । नेपाल एसबिआई बैंकले पुतलीसडकमा आफ्नो एटिएम उद्घाटन गरेको छ । नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दले गरेका थिए ।
उक्त समारोहमा, बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपि राज पन्तका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।
यस बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस