
काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकमा डेपुटीहरु बमबहादुर मिश्र र डा. निलम तिमल्सिनाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन ।
डेपुटी गभर्नर तिमल्सिनाले झापामा र काठमाडौं रहेको जग्गाका देखाएकी छिन । उनले झापामा श्रीमानको नाममा १५ कठ्ठा काठमाडौंको टोखामा २ सय ८४.५ र झापामै आफ्नो नाममा ११ हजार ९ सय २५ वर्गमिटर जग्गा रहेको देखाएकी छिन ।
डा. निलमसँग ४५ तोला सुन र ५० तोला चाँदी र नौ वटा बाणिज्य बैंकको खातामा करिब २ करोड २९ लाख बैंक ब्यालेन्स रहेको विवरणमा उल्लेख गरेकी छिन भने उनीसँग ८ हजार बराबरको शेयर रहेको विवरणमा उल्लेख गरेकी छिन । झापाको विर्तामोड नगरपाकि र विराटनगरको घरविक्री गरि काठमाडौंको टोखामा घर खरिद गरेको उनले आफ्नो विवरणमा उल्लेख गरेकी छिन ।
डेपुटी गभर्नर मिश्रका नामकी श्रीमतिका नाममा झापाको झापाको गरामणी र दमकमा गरि ८ हजार ५ सय वर्गमिटर जग्गा र काठमाडौंको बुढानिलकन्ठमा २१० वर्गमिटर जग्गा रहेको विवरणमा देखाएका छन छ । त्यस्तै, उनीसँग सुन २५ लोता र चाँदी २५ तोला रहेको देखाएका छन् भने उनको ३ लाख बैंक व्यालेन्स र ११ लाख रुपैयाँ बराबरको शेयर विवरणमा उल्लेख गरेका छन ।
प्रतिक्रिया दिनुहोस