
काठमाडौं । लक्ष्मी भ्यालु फण्ड १ को खुद सम्पतिको मुल्य जेठ महिनामा ११ दशमलव ६१ प्रति इकाई रहेको छ । जबकी बैशाखको अवधि भन्दा शुन्य दशमलव १८ प्रति इकाईले घटेको हो । गत बैशाख महिनामा ११ दशमलव ७९ प्रति इकाई रहेको थियो ।
लक्ष्मी भ्यालु फण्डले २६ करोड २ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा २७ करोड ६४ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । सार्वजनिक निष्काशन लगानीमा ५८ लाख रुपैयाँ गरेको छ ।
लक्ष्मी भ्यालु फण्डको आम्दानी ५ करोड १७ लाख रुपैयाँ नोक्सानमा रहेको छ भने खर्च पनि १ करोड १० लाख रुपैयाँ रहेको छ ।
सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी सिभिल बैंक लिमिटको ८७ हजार १ सय कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको ११ हजार ७ सय ३७ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको ३२ हजार १ सय ३२ कित्ता शेयर रहेको छ ।
त्यस्तै जीवन बीमा कम्पनीमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २७ हजार ६ सय ५५ कित्ता, निर्जीवन बीमा कम्पनीमा लुम्बिनी जनरल इन्स्योरेन्सको २१ हजार ३ सय ६८ कित्ता र लघुवित्तमा सबैभन्दा बढी रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको २५ हजार ५ सय ६ कित्ता शेयर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस