
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा प्रवीण कुमार लामा पुनः नियुक्त भएका छन् । कम्पनीको बैशाख ११ गतेको सञ्चालक समितिको बैठकले लामालाई आगामी चार वर्ष कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गरेको हो । कम्पनीले जारी गरेको सुचनाका आधारमा लामाको कार्यकाल जेठ २५ गतेदेखि लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस