aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लुम्बिनी इन्सुरेन्स इन्टरनेशनल गल्फ टुर्नामेन्ट सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
लुम्बिनी इन्सुरेन्स इन्टरनेशनल गल्फ टुर्नामेन्ट सम्पन्न

लुम्बिनी जनरल इन्सुरेन्सको आयोजनामा यहि बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुइदिने अन्तराष्ट्रिय गल्फ प्रतियोगिता सम्पन्न भएको छ । 

युवा र प्रौढ गरि दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरु रहेका थिए । खेलकुद मार्फत पनि आफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भएपनि यस किसिमको सहयोग खेलाडी एवं क्लबलाई गर्न पाएकोमा आफुहरु खुशी भएको लुम्बिनी जनरल इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुलले बताए । 

सो अवसरमा उत्कृष्ट अर्थात सुपर सिनियर खेलाडी विजय मोक्तान घोषित भएका थिए । विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले उत्कृष्ठ खेलाडीहरुलाई अर्वाड हस्तान्तरण गरेका थिए । 

वि।सं। २०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्सुरेन्सले फेयर एण्ड राइजिङ्ग, स्मार्ट एण्ड सर्भिस र क्वालिटी म्यानेजमेन्टमा आइएसओ सर्टिफाइड मान्यता प्राप्त गर्न सफल भएको छ । हाल ४५ शाखा मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा तथा सुबिधा उपल्ब्ध गराउदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले बताए । 

कम्पनीले चालु आ।ब। भित्रै तोकिए बमोजिमको चुक्ता पूँजी पु¥याउने उनले बताए, यो टुर्नामेन्ट कम्पनीको दोश्रो संष्करण हो । 
 

प्रतिक्रिया दिनुहोस