aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिभिल बैंकको शाखा बर्दियाको ठाकुरद्वारामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
सिभिल बैंकको शाखा बर्दियाको ठाकुरद्वारामा

बर्दिया । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बर्दियाको ठाकुरद्वारामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर श्रीमती कृष्णा कुश्मा थारु (आस्था) ले गरेकी हुन् ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

ठाकुरद्वारा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८५ पुगेकोे पनि बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस