aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सानिमा बैंक लिमिटेड र माइती नेपालबीच सम्झौता नवीकरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ बैशाख २०७८
सानिमा बैंक लिमिटेड र माइती नेपालबीच सम्झौता नवीकरण

काठमाडौं । सानिमा बैंक लिमिटेड रमाइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ । मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा सहयोग पु¥याउने उद्देश्यले उक्त सम्झौता नविकरण गरिएको हो । 

सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई दशलाख रुपैयाँसहयोग गर्ने भएको छ । माइती नेपालले करिब तीन दशकदेखि महिला तथा बालबालिका बेचविखन विरुद्ध विभिन्न काम गर्दै आइरहेको छ । 

सो समझदारीपत्रमा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला र बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरेका छन । सानिमा बैंकको देशभर ८६ शाखाहरु, १७विस्तारित काउन्टर र ९६ एटिएम रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस