
काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ बेनीघाट रोलाङ्ग गाउँपालिका–५ बस्ने ४५ वर्षीय ध्रुव प्रसाद कँडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ मंसिर १९ गतेको फैसलाले उक्त मुद्दामा ७ दिन कैद र १२ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं नक्सालबाट पक्राउ गरेको हो ।
ध्रुव प्रसादले २०७५ भदौ १० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय गजुरीको खाताबाट भुक्तान हुने गरी पीडितलाई १२ लाख ५० हजार रुपैयाँ बराबरको चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उनीविरुद्ध उक्त सजाय र जरिवाना हुने फैसला भएको थियो । ध्रुव प्रसादलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको
प्रतिक्रिया दिनुहोस