aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नेपाल बैंकको नाफा १३ प्रतिशत बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ बैशाख २०७८
नेपाल बैंकको नाफा १३ प्रतिशत बढी

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस वर्ष बैंकले रू. २ अर्ब २६ करोड २२ लाख ७७ हजार खुद नाफा गरेको छ ।

यो नाफा गत वर्षको यसै अवधिमा रू. १ अर्ब ९९ करोड ६५ लाख ८३ हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा रू. १३ दशमलव ३१ प्रतिशत बढी भएको हो । यो अवधिसम्म बैंकको वितरण योग्य नाफा रू. १ अर्ब ४७ करोड ४६ लाख ५२ हजार छ । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ६ करोड १९ लाख ८२ हजार ऋणात्मक थियो ।

यस वर्ष बैंकको सञ्चालन मुनाफा भने २९ दशमलव ७६ प्रतिशत बढी भएको छ । गत वर्ष रू. २ अर्ब ६५ करोड ५ लाख १० हजार रहेको बैंकको सञ्चालन मुनाफा यो वर्ष रू. ३ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रहेको छ ।

१२ प्रतिशत बोसन शेयर मार्फत चुक्तापूँजी बढाएर रू. १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार पुगेको बैंकको जगेडा कोष रकम गत वर्षभन्दा १४ दशमलव ७४ प्रतिशत बढी रू. २१ अर्ब ५१ करोड ८ लाख ७० हजार रहेको छ । 

यस वर्ष बैंकको निक्षेप संकलन ७ दशमलव १२ प्रतिशत बढी रू. १ खर्ब ५१ अर्ब ६० करोड ८ लाख ३६ हजार र कर्जा प्रवाह २३ दशमलव ८४ प्रतिशत बढी रू. १ खर्ब २७ अर्ब ९२ करोड ९८ लाख २१ हजार भएको छ । निष्क्रिय कर्जा २ दशमलव २९ प्रतिशत रहेको बैंकको प्रतिशेयर आम्दानी रू. २३ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. २७० दशमलव २२ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस