
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ५९ दशमलव ४३ प्रतिशत बढी भएको छ ।
गत वर्ष रू. ९ करोड ८९ लाख १० हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १५ करोड ७६ लाख ८९ हजार यो नाफा गरेको हो । यो अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा भने ५९ दशमलव ९८ प्रतिशत बढी रू. २४ करोड ८९ लाख २५ हजार भएको छ ।
१५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ३२ करोड ४५ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. ३२ करोड ९८ लाख २२ हजार छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम रू. २० दशमलव ६५ प्रतिशत बढी कायम भएको हो ।
यस वर्ष कम्पनीले ३४ दशमलव ८२ प्रतिशत बढी रू. २ अर्ब ४ करोड ३२ लाख ८३ हजार निक्षेप संकलन गरेको छ भने ३८ दशमलव ६६ प्रतिशत बढी रू. ६ अर्ब २७ करोड ३ लाख २८ हजार कर्जा प्रवाह गरेको छ ।
यस वर्ष गत वर्षभन्दा ४४ दशमलव ४२ प्रतिशत बढी रू. ३ अर्ब ७५ करोड ८१ लाख १७ हजार कम्पनीले कर्जा सापटी लिएको छ । गत वर्ष १ दशमलव ४४ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यो वर्ष बढेर ३ दशमलव १४ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६५ दशमलव ६९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०३ दशमलव शून्य ५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस