
काठमाडौं । लक्ष्मी इक्विटी फण्डको खुद सम्पतिको मुल्य जेठ महिनामा ९ दशमलव २० प्रति इकाई रहेको छ । जबकी बैशाखको अवधि भन्दा शुन्य दशमलव २८ प्रति इकाईले घटेको हो । गत बैशाख महिनामा ९ दशमलव ४८ प्रति इकाई रहेको थियो ।
लक्ष्मी इक्विटी फण्डले ७६ करोड ५७ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा ७० करोड ७३ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा २ करोड रुपैयाँ लगानी गरेको छ ।
लक्ष्मी इक्विटी फण्डको आम्दानी १२ करोड २६ लाख रुपैयाँ नोक्सानमा रहेको छ भने खर्च पनि २ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी सिभिल बैंक लिमिटको १ लाख ३ हजार २ सय ६२ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको ५९ हजार ६ सय २२ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको ८० हजार ३ सय ३५ कित्ता शेयर रहेको छ ।
त्यस्तै जीवन बीमा कम्पनीमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ४२ हजार ५ सय ४७ कित्ता, निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्सको ४० हजार १ सय ७६ कित्ता र लघुवित्तमा सबैभन्दा बढी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २० हजार ८ सय ६२ कित्ता शेयर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस