aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

ग्लोबल आइएमई बैंक गाईघाट शाखाद्वारा अटो चालकलाई क्यूआर कोड वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ बैशाख २०७८
ग्लोबल आइएमई बैंक गाईघाट शाखाद्वारा अटो चालकलाई क्यूआर कोड वितरण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको गाईघाट शाखाले सीटी सफारी यातायात प्रालिबाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड वितरण गरेको छ । 

बैंकको गाईघाट शाखा कार्यालय परिसरभित्र आयोजित एक कार्यक्रमबीच बैंकको प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंक, प्रदेश नं. १ का प्रमुख सापकोटाले क्यूआर कोडले छिटो, छरितो र सरल ढङ्गबाट नगद रहित कारोबार गर्नमा सहयोग गर्ने बताए ।  

यसैगरी, ग्लोबल आइएमई बंैक गाईघाट शाखाका प्रबन्धक रबिनराज दाहालले क्यूआर कोडको प्रयोगले वस्तु तथा सेवाको खरिद गर्दा नगद बोक्नुपर्ने र बैंकमा समय बिताउनुपर्ने झन्झटबाट मुक्त हुने, कारोबारको सुरक्षामा पनि बढावा हुने र कोभिड–१९ को संक्रमणको जोखिम न्युनीकरण हुने कुरा बताएका छन् ।  

बैंकले वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्ने उद्देश्यले त्रियुगा नगरपालिका क्षेत्रमा रहेका विभिन्न १५० भन्दा बढी व्यवसायीहरुलाई क्यूआर हस्तान्तरण गरेको छ ।  

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४२ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस