aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

पाँच बैंकले सार्वजनिक गरे तेस्रो त्रैमासको वित्तीय विवरण, कुनको कस्तो छ अबस्था ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ बैशाख २०७८
पाँच बैंकले सार्वजनिक गरे तेस्रो त्रैमासको वित्तीय विवरण, कुनको कस्तो छ अबस्था ?

काठमाडौं । विभिन्न पाँच बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । नेपाल बङ्गलादेश बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक र सिद्धार्थ बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेका हुन् ।  

कुन कम्पनीको कस्तो छ अवस्था ? 

नेपाल बङ्गलादेश बैंक​ 
नेपाल बङ्गलादेश बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले गत वर्षभन्दा यस वर्ष ६३ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. १ अर्ब ५० लाख १० हजार खुद नाफा गरेको बैंकले यस वर्ष रू. १ अर्ब ६३ करोड ८४ लाख ९ हजार यो नाफा गरेको हो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. ९८ करोड ३२ लाख २९ हजार रहेको छ । गत वर्ष यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. २ करोड ८० लाख १५ हजार थियो । 

बैंकको सञ्चालन मुनाफा भने गत वर्षभन्दा ५६ दशमलव ४१ प्रतिशत बढी रू. २ अर्ब २८ करोड ८५ लाख ३५ हजार रहेको छ । ६ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ९ अर्र्ब ४८ लाख २१ हजार पु¥याएको बैंकको जगेडा कोष रकम भने गत वर्षभन्दा २८ दशमलव १२ प्रतिशत बढी रू. ५ अर्ब ८९ करोड ४७ लाख ८२ हजार कायम भएको छ ।

गत वर्षभन्दा १० दशमलव ३२ प्रतिशत बढी रू. ७३ अर्ब २९ करोड १० लाख ५६ हजार निक्षेप संकलन गरेको बैंकले १२ दशमलव १२ प्रतिशत बढी रू. ६६ अर्ब २७ करोड १८ लाख ८ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष यस अवधिसम २ दशमलव ७६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ९१ प्रतिशतमा सिमित भएको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. २४ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १६५ दशमलव ७६ रहेको छ । 

सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. २ अर्ब ६ करोड ५२ लाख ३८ हजार खुद नाफा गरेको छ । बैशाख १४ गते सार्वजनिक बैंकको उक्त अवधिको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत वर्षभन्दा यस वर्ष ५४ प्रतिशत बढी  भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले रू. १ अर्ब ३३ करोड ९९ लाख ८३ हजार यो नाफा गरेको थियो । 

यस वर्ष सञ्चालन नाफा ५० दशमलव ७५ प्रतिशत बढी भएको छ । गत वर्ष रू. १ अर्ब ९७ करोड ९३ लाख ५३ हजार रहेको सञ्चालन नाफा यस वर्ष रू. २ अर्ब ९८ करोड ३९ लाख ४४ हजार रहेको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ८३ करोड १४ लाख ४९ हजार छ । गत वर्षसम्म बैंकको वितरणयोग्य नाफा रू. १५ करोड ३२ लाख १० हजार ऋणात्मक थियो । यस वर्ष भने सुधारिएको छ ।

यस वर्ष १२ प्रतिशत बोनस शेयर वितरण गरी बैंकले चुक्तापूँजी रू. १० अर्ब ९६ करोड २२ लाख ९९ हजार पु¥याएको छ । जगेडा कोष रकम पनि ४४ दशमलव २५ प्रतिशत बढी रू. ८ अर्ब ९७ करोड ७२ लाख २२ हजार कायम भएको छ । गत वर्षभन्दा २३ दशमलव ४२ प्रतिशत बढी रू. १ खर्ब ७२ अर्ब ३१ करोडभन्दा बढी निक्षेप संकलन गरेको बैंकले २३ दशमलव ८६ प्रतिशत बढी रू. १ खर्ब ५३ अर्ब ५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा २ दशमलव २४ प्रतिशतदेखि घटेर शून्य दशमलव ८८ प्रतिशतमा सिमिति भएको छ । यस अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी रू. २५ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रू. १८१ दशमलव ८९ रहेको छ । 

एभरेष्ट बैंक
एभरेष्ट बैंक लिमिटेडले मंगलवार चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस वर्ष बैंकले रू. १ अर्ब ५० करोड ७४ लाख ४६ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यस अवधिसम्म रू. ९४ करोड ३६ लाख ६१ हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ३५ दशमलव ९३ प्रतिशत कम भएको हो । यस वर्ष खुद ब्याज आम्दानी सँगै आम्दानीका सबै सूचकहरु घट्दा बैंकको नाफामा कमि आएको हो । यस वर्ष बैंकले गत वर्षभन्दा ३५ दशमलव २५ प्रतिशत कम रू. २ अर्ब ८१ करोड ४३ लाख ४७ हजार खुद ब्याज आम्दानी र ३५ दशमलव ९३ प्रतिशतनै कम रू. २ अर्ब १५ करोड ३४ लाख २२ हजार सञ्चालन मुनाफा गरेको छ । 

तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा भने रू. १ अर्ब ६ करोड ५३ लाख ८६ हजार रहेको छ । गत वर्ष यो अवधिसम्म यो रकम रू. ९४ करोड ३६ लाख ६१ हजार थियो । खुद नाफामा कमि आएपनि बैंकको वितरणयोग्य नाफा भने बढेको छ ।  

५ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढेर रू. ८ अर्ब ९३ करोड ३७ लाख १७ हजार पुगेको छ भने जगेडा कोष रकम १९ प्रतिशत बढी रू. १२ अर्ब ७ करोड ७ लाख ४८ हजार कायम भएको छ । गत वर्षभन्दा ८ दशमलव ४४ प्रतिशत बढी रू. १ खर्ब ५५ अर्ब ६५ करोड ५६ लाख ९३ हजार निक्षेप संकलन गरेको बैंकले ७ दशमलव २८ प्रतिशत बढी रू. १ खर्ब २० अर्ब ३७ करोड ५५ लाख ३८ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष शून्य दशमलव १२ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव १२ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी रू. २२ दशमलव ५ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २३५ दशमलव ७२ रहेको छ ।

माछापुच्छ्रे बैंक
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंक लिमिटेडले रू. १ अर्र्ब २९ करोड ६ लाख १२ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. १ अर्ब १६ करोड ६८ लाख ५५ हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा १० दशमलव ६० प्रतिशत बढेको हो । सञ्चालन मुनाफा ९ दशमलव २४ प्रतिशत बढी रू. १ अर्ब ९४ करोड ४७ लाख २३ हजार भएको छ । यस अवधिसम्म बैंकको वितरण योग्य नाफा रू. ८४ करोड ६९ लाख ९ हजार छ ।

७ दशमलव ०३ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू.९ अर्ब ५ करोड ३० लाख ९४ पुगेको बैंकको जगेडा तथा अन्य कोष रू. ३ अर्ब ५६ करोड १८ लाख ७ हजार छ । बैंकले यस वर्ष गत वर्षभन्दा २० दशमलव ५५ प्रतिशत बढी रू. १ खर्ब २५ अर्ब ४९ करोड ८३ लाख ११ हजार निक्षेप संकलन गरेको छ भने २१ दशमलव ६६ प्रतिशत बढी रू. १ खर्ब १२ अर्ब ५७ करोड ४९ लाख ९६ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष शून्य दशमलव ४५ प्रतिशत रहेको निष्क्रिय कर्जा यो वर्ष शून्य दशमलव ५१ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ रू. १३९ दशमलव ३ रहेको छ ।

हिमालयन बैंक
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन बैंक लिमिटेडले रू. १ अर्ब २८ करोड ७१ लाख ५७ हजार खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिसम्म बैंकको यो नाफा रू. २ अर्ब ३१ करोड ७१ लाख १३ हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ४४ प्रतिशत कम भएको हो । 

यस वर्ष बैंकको सञ्चालन नाफा ३९ प्रतिशत घटेकाले खुद नाफामा असर परेको हो । गत वर्ष रू. ३ अर्ब ८ करोड ६४ लाख २६ हजार सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. १ अर्ब ८८ करोड १ लाख ७१ हजार मात्र यो नाफा गरेको छ । तेस्रो त्रैमाससम्म बैंकको  वितरणयोग्य नाफा रू. ८४ करोड ७६ लाख ६६ हजार छ । 

१४ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढेर रू. १० अर्ब ६८ करोड ४४ लाख पुगेको बैंकको जगेडा कोष रकम रू. ७ अर्ब ६७ करोड २६ लाख ३९ हजार रहेको  छ । बैंकले यस वर्ष साढे ५ प्रतिशत बृद्धि गरी रू. १ खर्ब ३२ अर्ब २४ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने साढे १९ प्रतिशत बृद्धि गरी रू. १ खर्ब २१ अर्ब ५६ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष बैंकको निष्क्रिय कर्जा भने शून्य दशमलव ८१ प्रतिशतमा झरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको निष्क्रिय कर्जा १ दशमलव ११ प्रतिशत थियो । यस अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी रू. १६ दशमलव शून्य ६ र प्रतिशेयर नेटवर्थ रू. १७१ दशमलव ८१ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस