
काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनासम्म एनआईसी एशिया बैंक लिमिटेडले रू. ३ अर्ब ४८ लाख १५ हजार खुद नाफा गरेको छ । बुधवार सार्वजनिक बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष खुद नाफा २० दशमलव ९७ प्रतिशत बढी भएको हो ।
गत वर्ष यस अवधिसम्म बैंकले रू. २ अर्ब ५० करोड २४ लाख ९८ हजार यो नाफा गरेको थियो । यस वर्ष सञ्चालन मुनाफा २० दशमलव ९७ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ३ अर्ब ६० करोड ४० लाखभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. ४ अर्ब ३९ करोड ५६ लाखभन्दा बढी यो नाफा गरेको छ ।
तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब २२ करोड ६ लाख ३ हजार छ । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ४० करोड ७४ लाख ९६ हजार थियो । १९ प्रतिशत बोनस वितरण गरेको बैंकको चुक्तापूँजी रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार पुगेको छ । जगेडा कोष रकम गत वर्षभन्दा १५ दशमलव २० प्रतिशत बढी रू. ८ अर्ब ६६ करोड ७८ लाख ७२ हजार कायम भएको छ ।
बैंकले गत वर्षभन्दा ३६ दशमलव ५५ प्रतिशत बढी रू. २ खर्ब ७५ अर्ब ३१ करोड ८० लाख ३५ हजार निक्षेप संकलन गरेको छ भने ५४ दशमलव ६० प्रतिशत बढी रू. २ खर्ब ४७ अर्ब ६४ करोड ३४ लाख ७८ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष शून्य दशमलव ७५ प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर यस वर्ष शून्य दशमलव ४७ प्रतिशतमा सिमित भएको छ । बैंकको प्रतिशेयर आम्दानी रू. ३४ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. १६२ दशमलव ०३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस