
काठमाडौं । एनसीसी बैंकको नाफा गत वर्र्ष भन्दा यस वर्ष ५ दशमलव ५५ प्रतिशत घटेको छ । बैंकले बुधवार सार्वजनिक चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस वर्ष बैकले रू. १ अर्ब १० करोड ११ लाढख ८० हजार खुद नाफा गरेको हो । यो नाफा गत वर्ष यस अवधिसम्म रू. १ अर्ब १६ करोड ५८ लाख ८५ हजार थियो ।
बैंकको सञ्चालन नाफा यस वर्ष ५ दशमलव ६२ प्रतिशत कम रू. १ अर्ब ५५ करोड १९ लाख ७८ हजार भएको छ । तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. ८७ करोड ९३ लाख ९४ हजार छ । गत वर्ष यो नाफा रू. ३० करोड ५३ लाख २९ हजार मात्र थियो ।
१० दशमलव २७ प्रतिशत बोनस शेयर यस वर्र्ष वितरण गरेको बैंकको चुक्तापूँजी रू. १० अर्ब ३१ करोड ४५ लाख १६ हजार पुगेको छ । जगेडा कोष रकम ३ दशमलव ६९ प्रतिशत बढी रू. ३ अर्ब ९४ करोड ७७ लाख ४८ हजार कायम भएको छ ।
यस बर्ष बैंकले ३९ दशमलव ८३ प्रतिशतले बढाएर रू. १ खर्ब १ अर्ब ८१ करोड ९१ लाख १० हजार निक्षेप संकलन गरेको छ भने ३६ दशमलव २५ प्रतिशत बढी रू. ८८ अर्ब छ९ करोड १५ लाख २ हजार कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा २ दशमलव ७५ प्रतिशतदेखि घटेर २ दशमलव शून्य ५ प्रतिशतमा झरेको बैंकको प्रतिशेयर आम्दानी रू. १४ दशमलव २३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस